फुटबल

वेस्टह्यामलाई हराउँदै सिटी २९ अंकसहित दोस्रो स्थानमा उक्लियो

इकागज |
मंसिर १३, २०७८ सोमबार ७:१२ बजे

काठमाडौँ- आइतबार साँझ भएको खेलमा म्यानचेस्टर सिटीले वेस्ट ह्याम युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको छ । सिटीको जितमा इल्के गुन्डोगान र फेर्नान्डिन्होले १-१ गोल गरे । वेस्ट ह्यामका म्यानुएल लान्जिनीले १ गोल फर्काए ।

आइतबार राति लेष्टर सिटीले वाट्फोर्डलाई ४-२ अन्तरले हराउदा  ब्रेन्टफोर्डले एभर्टनलाई १-० अन्तरले हरायो ।  जितसँगै सिटी दोस्रो २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । सिटीभन्दा एक अंक कम लिभरपुल तेस्रो स्थानमा छ ।



Author

थप समाचार
x