सरकार

गणतन्त्र दिवस

८१८ कैदीको बाँकी सजाय मिनाहा, १६ जनाको माफी

इकागज |
जेठ १४, २०७९ शनिबार ८:३६ बजे

काठमाडौँ - सरकारले ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ८१८ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरेकी हुन् ।


त्यस्तै १६ जना कैदीहरूको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद सजाय माफी गरिएको छ । 


Author

थप समाचार
x