सरकार

मिडियाको हेडलाइन बदल्न सक्दिन, जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु : मन्त्री लामिछाने

इकागज |
माघ ७, २०७९ शनिबार ९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिडियाका हेडलाइन बदल्‍न नसके पनि जनताको लाइफलाइन बदल्‍न मेहनत गर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले जनताको लाइफलाइन बदल्‍न मेहनत गर्ने बताएका हुन् । 

'मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु' मन्त्री रविले लेखेका छन् 'धुलो धेरै छ, पुरानो छ..थोरै पर्खिनु चाहिँ पर्छ ।'


विगतमा बोलेका र चुनावी वाचाहरू आफूलाई हेक्का भएको पनि उल्लेख गरेका छन् । उनले पुराना फरारहरू समातिन्छ्न् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का भएको बताएका छन् ।

'पुराना फरारहरू समातिन्छ्न् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ' उनले लेखेका छन् 'हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ ।'

रवि मन्त्री भएपछि उनले टेलिभिजनमा बोलेका भिडियोहरू भाइरल हुने गरेको छ । केही समयअघि मात्रै संसद्‌मै प्रवेश गर्दासमेत कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै मन्त्री रविको पुरानो भिडियो भाइरल भएको थियो । विवाद आएपछि गृहमन्त्रीले पटक-पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको गृहमन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।


Author

थप समाचार
x