सरकार

मिटरब्याज पीडितका मागमा मधेश सरकारको समर्थन

इकागज |
चैत १५, २०७९ बुधबार ९:५० बजे

काठमाडौँ- मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा आफ्नो समर्थन रहेको बताएको  छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरूपमा लड्नुपर्ने बताएका छन् ।

‘गरिब झन् गरिब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरूलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा भनेका छन्,' यो समस्या मधेशबाट उठे पनि देशको समस्या हो । एकातिर बैंकले ऋण नदिने, अनेक अड्चन खडा गर्ने । दिए पनि चर्को ब्याज लगाउने र अर्कोतिर मजबुरीको फाइदा उठाइ कतिपय साहुकारहरूमा अत्याचार गर्ने द्रव्य पिशाची प्रवृत्ति देखिएको छ ।'


उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरिब झन गरिब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपिलसमेत गरेका छन् ।


Author

थप समाचार
x