सरकार

देशभर बिमाको पहुँच विस्तार गरिने

इकागज |
जेठ ५, २०८० शुक्रबार १७:५१ बजे

काठमाडौँ- सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ । 

सरकारको तर्फबाट शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिएका हुन् । 


देशभर बिमाको पहुँच विस्तार गरिने र  न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताए । 
 


Author

थप समाचार
x