सरकार

अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु​ हाे : मन्त्री किराती

इकागज |
पुस ४, २०८० बुधबार २०:२३ बजे

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु भएको बताएका छन् ।​

उपत्यका व्यापी संयुक्त बृहत् क्रिस्मस महोत्सवलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताएका हुन् । उनले परिवर्तनगामी शक्तिहरूको एकताले नै मुलुकको परिवर्तन थप बलियो हुने धारणा राखे ।


उनले मिलेर संविधान बनाएकाले गरिबीको अन्त्यका लागि पनि मिलेर नै अघि बढ्नुपर्ने जिकिर गरे । अरूलाई विरोध गरेर आफू साबित हुने काम नयाँ भनिएकाहरूले गरेकाले एजेण्डामार्फत मुद्दा स्थापित गर्न सक्नुपर्ने उनले बताए ।

मन्त्री किरातीले एउटा जाती एउटै भेष भन्दै राजतन्त्रका बेला अरू धर्महरूलाई पेल्ने काम भएको र अहिले मुलुकमा गणतन्त्र आएपछि सबै धर्म जात बराबर भएको धारणा राखे । 


Author

थप समाचार
x