सरकार

साँझ ५ बजे यी १४ जनाले मन्त्री पदको शपथ लिने (सूचीसहित)

इकागज |
फागुन २३, २०८० बुधबार १६:५ बजे

काठमाडौं - पुष्पकमल दाहाल प्रचण्डले पुनर्गठन गर्न खोजेको मन्त्रिमण्डलमा आज थप १४ जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिने भएका छन् । 

जसअनुसार नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनीयताको सपथ लिन लागेका हुन् । प्रचण्ड सरकारमा रहने १७ मध्ये तीन जनाले यसअघि नै पद तथा गोपनीयताको सपथ लिइसकेका छन ।


जसका लागि राष्ट्रपति भवन, शीतल निवासमा साँझ ५ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

यसअघि एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डिपी अर्यालले पद तथा गोपनीयताको सपथ लिइसकेका छन् । बिना विभागीय मन्त्रीको हैसियतमा शपथ लिएका यी तीन नेताले आजै मन्त्रालयको जिम्मेवारी पाउने छन ।

प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

नेकपा एमालेका मन्त्रीहरूः

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि तथा सहकारी

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादीका मन्त्रीहरू

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सुचना तथा सञ्चार 

हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

रास्वपाका मन्त्रीहरू

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम तथा रोजगार

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा तथा विज्ञान


Author

थप समाचार
x