सरकार

प्रधानमन्त्रीले लिए सीसीएमसीसँग कोभिड रोकथाम र नियन्त्रणबारे जानकारी

इकागज |
असार ३०, २०७८ बुधबार २०:३६ बजे

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनबारे भइरहेका कामका सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा छलफल गरेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । 

उनले सीसीएमसीका पदाधिकारीलाई उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएको जनाएका छन् । 


'आज कोभिड-१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम-कारबाहीका विषयमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु,' देउवाले फेसबुकमा लेखेका छन्, 'कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु।'


Author

थप समाचार
x