सरकार

तत्कालै ऐन ल्याएर नागरिकता समस्या समाधान गर्छौँ : गृहमन्त्री खाण

इकागज |
कात्तिक २२, २०७८ सोमबार १४:२४ बजे

जनकपुरधाम - गृहमन्त्री बालकृष्ण खाणले ऐन ल्याएर नागरिकता समस्या तत्कालै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री खाणले अध्यादेशमार्फत होइन ऐन ल्याएरै नागिकता समस्या समाधान गर्ने बताए । 'नागरिकता समस्या तराई मधेश मात्र नभई सम्पूर्ण देशकै समस्या हो,' उनले भने, 'यो समस्या अध्यादेशमार्फत होइन ऐन ल्याएर नै तत्कालै समाधान गर्नेछौं ।'

न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायापालिकामा देखिएको समस्यालाई छिटोभन्दा छिटो समाधान हुनुपर्ने बताए ।  यसबारे गठबन्धन दलले छिट्टै नै कुनै निष्कर्ष निकाल्ने उनको भनाइ छ । 


काँग्रेस महाधिवेशनको प्रशंगमा गृहमन्त्री खाणले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीको विभिन्न गतिविधीले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने भन्दै उनले महाधिवेशनले पार्टी र अन्यसबैलाई प्रभाव पार्ने बताए ।


Author

थप समाचार
x