सरकार

धनुषाको रुपैठामा भोलि रातिसम्म निषेधाज्ञा

इकागज |
कात्तिक २७, २०७८ शनिबार १७:४६ बजे

काठमाडौँ –  जनकपुरधाम उपमहानगरमा पर्ने देवपुरा रुपैठामा सम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ । शनिबार दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै शनिबार अपरान्हदेखि आइतबार राति १० बजेसम्म निषेध आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाकाअनुसार जनकपुर–२० देवपुरा रुपैठाको चार किल्ला पूर्वमा जलाद नदीको कलरी बाँध, पश्चिममा जनकपुर–जटही मार्ग, उत्तरमा हनुमाननगर, रामपुर र बहुअर्वा जाने बाटो तथा दक्षिणमा देवपुरा निम चोकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा लागू गरेको छ ।


शनिबार दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । छठ पर्वकै दिनदेखि देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेको छ ।

 


Author

थप समाचार
x