स्वास्थ्य

चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
कात्तिक २१, २०८० मंगलबार १७:५६ बजे

काठमाडौँ- ​स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारेका छन् ।​ 

मंगलबार काठमाडौँमा २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी उद्घाटन गर्दै मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन नहुँदा धेरै समस्या आएको भन्दै अब कसैले विरोध गरेर वा सुतेर संशोधन नरोकिने स्पष्ट पारेका हुन् ।


निश्चित समूहले संशोधन रोक्न खोजे अब सम्भव नरहेको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा दरबन्दी बढ्न नसकेकाले चिकित्सकको अभाव देखिएको अवस्थालाई सरकारले गम्भीर रूपमा लिएको जिकिर गरे । उनले स्वास्थ्य क्षेत्रको पूर्वाधारहरू अघि बढाउन खोज्ला बजेटको समस्या देखिएको गुनासो गरे ।

त्यस्तै उनले जाजरकोट भूकम्पपछि घाइतेको उपचारमा कुनै कमी हुन नदिएको भन्दै अबको ध्यान राहत र पुनःस्थापनामा हुने बताए । प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठी तीन दिनसम्म चल्ने बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 


Author

थप समाचार
x