स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा निकै सुधारका काम सुरु गरेको​ छु : मन्त्री बस्नेत

इकागज |
पुस १४, २०८० शनिबार २०:९ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा निकै सुधारका राम्रा काम सुरु गरेको बताएका छन् ।

शनिबार सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी मा. वि.मा आयोजित निःशुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर एवं औषधि वितरण कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संविधानमा उल्लेख जनताको स्वास्थ्यको अधिकारलाई प्रभावकारी बनाउन स्वास्थ्य क्षेत्रमा सुधारका धेरै राम्रा काम सुरु गरेको बताएका हुन् ।


उपचार नपाएर सर्वसाधारणले मृत्युवरण गर्नुपर्ने अवस्थालाई आफूले अन्त्य गर्न लागिपरेको उनले बताए । उनले चिकित्सा क्षेत्रको पढाइका लागि आवश्यक कानुन तयार गर्ने र स्वास्थ्य दरबन्दी बढाउने काम छिट्टै हुने जिकिर गरे । पढ्न नपाएकै कारण विदेश जानुपर्ने अवस्थालाई अन्त्य गर्नका लागि पनि स्वदेशमा पढ्न पाउने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए ।

त्यस्तै मन्त्री बस्नेतले देशभरका स्वास्थ्य संस्थालाई पूर्वाधार युक्त बनाइने धारणा राखे । 


Author

थप समाचार
x