स्वास्थ्य

२ हजार ९५७ संक्रमणमुक्त हुँदा १ हजार ९५ संक्रमित थपिए

सोमबार संक्रमित हुनेभन्‍दा संक्रमणमुक्‍त हुनेको संख्‍या करिब तीन गुणा बढी

इकागज |
असोज ४, २०७८ सोमबार १६:३३ बजे

काठमाडौँ- सोमबार देशभर २९५७  जना कोभिड-१९ संक्रमणबाट मुक्त भएका छन् । योसँगै संक्रमणमुक्‍त हुनेको कूल संख्‍या ७ लाख ५२ हजार १७० जना पुगेको छ । २४ घण्टामा १०९५ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार १३ हजार ८१७ जनाको कोभिड परीक्षण गरिएको थियो । 

त्यसैगरी ८ जनाको मृत्यु र हालसम्म ११ हजार ४८ जनाको मृत्यु भइसकेको छ ।  देशभर सक्रिय संक्रमित २२ हजार ३२३ जना छन । आईसीयूमा ३७१ र भेन्टीलेटरमा १०८ जना उपचाररत छन् । होम आईसोलेसनमा २० हजार ८९१, संस्थागत आईसोलेशनमा १४३२ र क्‍वारेन्टाइनमा २६४ जना छन् ।



Author

थप समाचार
x