स्वास्थ्य

राज्यमन्त्री श्रेष्‍ठद्वारा भरतपुर अस्पतालको अनुगमन

इकागज |
असोज ८, २०७८ शुक्रबार १४:४९ बजे

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्‍ठले चितवनस्थित भरतपुर अस्पतालको निरीक्षण गरेका छन् । पहिलोपटक शुक्रबार उपत्यका बाहिररहेको भरतपुर अस्पतालको अनुगमन गरेर तथा अस्पतालका कर्मचारीसँग छलफलसमेत गरेका छन् ।

सरकारी अस्पतालहरू राष्‍ट्रको ऐना भएको राज्यमन्त्री श्रेष्‍ठले बताए । अस्पतालहरूको अवस्था सुधार्नका लागि कटिबद्ध रहेको उनले विश्‍वाससमेत व्यक्त गरे ।अस्पतालमा भएका कमी कमजोरी तथा भौतिक पूर्वाधारको अवस्था सुधार्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।


एक साता अघि राज्यमन्त्री श्रेष्‍ठले मन्त्रालयका अधिकारी, विभाग र सरकारी अस्पतालका निर्देशकहरूलाई बोलाएर आफूले अघि सारेको रोडम्याप अनुसार काम गर्न निर्देशन दिएका थिए । राज्यमन्त्री श्रेष्ठले सरकारी अस्पताल सफा, सुन्दर, व्यवस्थित, सुविधासम्पन्न र जनमैत्री बनाउन स्वास्थ्यका अधिकारीहरूलाई रोडम्याप नै तयार पारेर दिएका हुन् ।

 


Author

थप समाचार
x