स्वास्थ्य

आइतबार काठमाडौँमा थपिए ३० संक्रमित

उपत्यकामा सक्रिय संक्रमित २७६७

इकागज |
फागुन १५, २०७८ आइतबार १७:९ बजे

फाइल तस्बिर

काठमाडौँ- उपत्यकामा आइतबार ३६ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ३०, ललितपुरमा ३ र भक्तपुरमा ३ जना संक्रमित थपिएका हुन् ।

काठमाडौँमा सक्रिय संक्रमित १ हजार ५१७, संक्रमणमुक्त ३ लाख १९ हजार २२९, मृत्यु २ हजार ३०१ र कुल संक्रमित ३ लाख २३ हजार ४७ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १ सय ४४, संक्रमणमुक्त ३७ हजार ४६२, मृत्यु ४ सय ४८ र कुल संक्रमित ३८ हजार ५४ जना र ललितपुरमा सक्रिय संक्रमित १ हजार १०६, संक्रमणमुक्त ६३ हजार ९६४, मृत्यु ७४६ र कुल संक्रमित ६५ हजार ८१६ जना छन् ।



Author

थप समाचार
x