स्वास्थ्य

नेपालमा काेभिड : शुक्रबार थपिए ७७ संक्रमित, १ को मृत्यु

इकागज |
फागुन २७, २०७८ शुक्रबार १५:३२ बजे

फाइल तस्बिर

काठमाडौँ- पछिल्लाे २४ घण्टामा देशभर कोभिड-१९ संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । शुक्रबारसम्ममा देशभर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ९५० संक्रमितको मृत्यु भइसकेको छ ।

आज ७ हजार ९८१ जनाको परीक्षण गर्दा ७७ जनामा कोभिड संक्रमण पुष्‍टि भएको छ । त्यसैगरी १८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ६० हजार ६८६ जना संक्रमणमुक्त भइसकेका छन् ।


देशभर सक्रिय संक्रमित ५ हजार २१२ र २४ घण्टामा १ लाख २६ हजार १९६ जनाले खोप लगाएका छन् । क्‍वारेन्टाइनमा १ सय ६ जना छन् ।


Author

थप समाचार
x