स्वास्थ्य

कोभिड विरुद्धको बुस्टर डोज तीन महिनामै लगाउन पाइने

इकागज |
चैत २०, २०७८ आइतबार १५:८ बजे

फाइल तस्बिर

काठमाडौँ- अब सर्वसाधारणले कोभिड-१९ विरुद्धको खोप लगाएको तीन महिनामै बुस्टर डोज पाउने भएका छन् । खोप सल्लाहकार समितिको गत १३ गते बैठकको सिफारिसको आधारमा पहिलो श्रृङ्खला पूरा गरेको ३ महिनामै बुस्टर डोज पाउने भएका हुन् ।

यसअघि सरकारले पहिलो खोपको श्रृङ्खला पार गरेको ६ महिनापछि मात्र बुस्टर डोज प्रदान गर्दै आएको थियो । पहिले लगाएको खोपलाई निरन्तरता दिँदै बुस्टर डोज अभियानलाई प्रभावकारी बनाउन लागेको परिवार कल्याण महाशाखाका डा. विवेक कुमार लालले जानकारी दिए ।


उनका अनुसार यसअघि खोप लगाएको केन्द्रबाट खोपको मात्रा र बुस्टर डोज लगाउनु पर्नेछ ।

 


Author

थप समाचार
x