स्वास्थ्य

देशभर कोभिड सक्रिय संक्रमित हजार मुनि

इकागज |
चैत २१, २०७८ सोमबार ८:१४ बजे

काठमाडौँ- पछिल्लो समय मुलुकभर कोभिड-१९ संक्रमितको संख्या घटिरहेको छ । आइतबार करिब ७ हजारको कोभिड परीक्षण गर्दा २३ जनामा मात्र कोभिड देखिएको थियो ।

हाल देशभर सक्रिय संक्रमितको ८ सय ९९ जना छन् । केही साताअघि ओमिक्रोन भेरियन्ट देखा परेसँग सक्रिय संक्रमित १ लाख पुगेको थियो । 


त्यसैगरी कोभिड संक्रमणको कारण हालसम्म ११ हजार ९५१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म ४ करोड १ लाख ५८ हजार ९०२ मात्रा कोभिडविरुद्धको खोप लगाइएको छ । पहिलो मात्रा १ करोड ८७ लाख ७९ हजार ४८८ जनाले पहिलो मात्रा लगाएका छन् । पूर्ण मात्रा १ करोड ९१ लाख ६५ लाख २७४ जनाले लगाइसकेका छन् । अतिरिक्त मात्रा २२ लाख १४ हजार १४० जनाले लगाएका छन् ।

खरिद र अनुदानसहित विभिन्न मुलुकबाट ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप आयात भएका छन् । भारतबाट कोभिशिल्ड, चीनबाट भेरोसेल,  अमेरिकाबाट जोनसन एण्ड जोनसन, फाइजर र मोर्डना खोप आयात भएका हुन् ।

माल्दिभ्स, भुटान,  जापान, जर्मन, बेलायत र फ्रान्स लगायतका अन्य मुलुकले अष्‍ट्राजेनिका खोप कोभ्याक्स मार्फत सहयोग गरेका थिए ।

 


Author

थप समाचार
x