घटना-दुर्घटना

गुडिरहेकाे बसमाथि रुख ढल्दा ५ यात्रु घाइते

इकागज |
जेठ ६, २०७९ शुक्रबार २०:० बजे

कैलाली - गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका हुन् ।

हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।



Author

थप समाचार
x