घटना-दुर्घटना

हावाहुरीले रुख, बस र पोल ढाल्यो, एकको मृत्यु, केही घाइते

इकागज |
जेठ ६, २०७९ शुक्रबार २०:५७ बजे

काठमाडौं - शुक्रबार साँझ आएको हावाहुरीले विभिन्न स्थानमा क्षति गरेको छ । घरहरुको छचाना उडाउनुका साथै ररुख, बस तथा विजुलीका पोलहरु ढालेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार भरतपुरमा हावाहुरीले रुख ढाल्दा अटो किचिँदा ६ जना घाइते छन् । एकको मृत्युसमेत भएको छ ।भरतपुर–११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते र मृतकको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।


भरतपुर पुलमा रोकिराखेको गाडीसमेत हावाहुरीले ढालेको छ । त्यस्तै पोलहरु ढल्दा नारायणी किनारमा पुगेको छ । अहिले चितवन क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ ।

कैलालीमा गुडिरहेको बसमाथि रुख ढल्दा पाँच यात्रु घाइते भएका छन् । लम्कीचुहा नगरपालिका –८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका हुन् ।

हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।


Author

थप समाचार
x