घटना-दुर्घटना

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

इकागज |
असार ६, २०७९ सोमबार १७:१९ बजे

बैतडी- बैतडीको पज्यूनयाँमा सोमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडी धनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु नभएको र जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको उनले बताए । 


घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्यूनयाँ बजारबाट गोकुलेश्‍वर तर्फ गइरहेको उनले बताए । 


Author

थप समाचार
x