घटना-दुर्घटना

भक्तपुरमा भत्किएकाे पर्खालले थिचेर हिँडिरहेकी एक वृद्धाको मृत्यु

इकागज |
असार १५, २०७९ बुधबार १९:४३ बजे

भक्तपुर । भक्तपुरकाे सूर्यविनायक नगरपालिका  वडा नं १० चित्तापोलमा पर्खाल भत्कँदा एक जनाकाे मृत्यु भएकाे छ । स्थानीय कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाको कारण भत्कँदा त्यसले थिचेर ६६ वर्षीय नारायण देवी थापाकाे मृत्यु भएकाे हाे ।

उनी पर्खाल मुनी हिँडिरहेकाे बेला थिचिएकाे जिल्ला प्रहरी परिसर, भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । थापाकाे घटनास्थलमा नै मृत्यु भएको हाे । यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।



Author

थप समाचार
x