रौतहटमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

रौतहट - रौतहटको फतुवा बिजयपुर नगरपालिका–११ हिमाली बासमा हिजो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७३ वर्षीया गौरी मैनाली रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिरगञ्जस्थित नेशनल मेडिकलमा साँझ ६ बजे मृत्यु भएको हो ।
मेरिगोल्ड बोर्डिङ स्कुलको ना ३ ख २४४९ नम्बरको बसले पैदल हिडिरहेकी उनलाई हिजो अपरान्ह साढे ४ बजे ठक्कर दिएको थियो। बससहित चलकलाई प्रहरी चौकी दुधिअवा रौतहटले नियन्त्रणमा लिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया