घटना-दुर्घटना

रुपन्देहीमा कारले ठक्कर दिँदा ३५ दिने शिशुसहित तीनकाे मृत्यु, फरार चालककाे खाेजी जारी

इकागज |
कात्तिक १४, २०७९ सोमबार १२:१८ बजे

बुटवल । रुपन्देहीको सदरमुकाम भैरहवाबाट परासीतर्फ जादै गरेको कारले स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित ३ जनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया -४ पननीमा भएको दुर्घटनामा अन्य २ जना घाइते भएका छन् ।

छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवा तर्फबाट गएको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ परेका छैनन् । मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार मृतकहरु ओमसतिया –४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन् ।


त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिएपछि फरार भएको गाडीबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ भने सडकमा भएका सिसिटिभीहरुकोबाट भिडियो क्लीपले गाडीको पहिचान भने भइसकेकाे प्रहरीले जनाएकाे छ ।


Author

थप समाचार
x