घटना-दुर्घटना

बस्ती हटाउन पुगेको महानगर टोलीलाई घरेलु हतियार र पेट्रोल बम आक्रमण

इकागज |
मंसिर १२, २०७९ सोमबार १६:७ बजे

काठमाडौं- काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ । बस्ती हटाउन गएका महानगरको टोलीलाई लक्षित गरी घरेलु हतियार तथा पेट्रोल बम समेत लिएर उत्रिएका छन् । नर्भिक उकालोमा  तयारीसहित पुगेको महानगर टोलीलाई लक्षित गरी आन्दोलन गरेका छन् ।

महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको थियो । तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन् । डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ ।


अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । सुकुम्बासीहरूले डोजरको प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन् । काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै त्यहाँको बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । यता, सुकुम्बासीहरूले भने विकल्प नदिई आफूहरू सो बस्तीबाट नहट्ने जिकिर गरिरहेका छन् । उनीहरूले डोजर चलाउने डरले आफूहरुको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन् । 


Author

थप समाचार
x