घटना-दुर्घटना

खाल्डोमा पुरिएको अवस्थामा भेटियाे महिलाको शव

इकागज |
मंसिर २५, २०७९ आइतबार १८:५ बजे

मकवानपुर- मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका कडा ३ ज्यामिरे बस्ने ३५ वर्षीया सरस्वती वाईबाको शव फेला परेको छ । 

गत शुक्रबारदेखि बेपत्ता रहेकी सरस्वतीको शव फेला फरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ठूलो कान्छा वाईबाको घरबाट अन्दाजी ५० मिटर पर बारीमा  अनुहार र कपडाको केही मात्र भाग देखिने गरी खाल्डोमा पुरिएको अवस्थामा भेटिएको शव फेला परेको थियो ।


शवलाई खाल्डोबाट निकालेर मुचुल्का तयार गरी हेटौंडा अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Author

थप समाचार
x