घटना-दुर्घटना

घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

इकागज |
पुस २८, २०७९ बिहीबार १३:४७ बजे

कठमाडौँ - दाङमा मोटरसाइकल दुर्घटना हुँदा  एक जनाको ज्यान गएको छ ।  घोराही उपमहानगरपालिका-११ अवलडाँडामा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको हो भने दुई जना  घाइते भएका छन् । 

अवलडाँडाबाट नारायणपुरतर्फ जाँदै गरेको तीनजना सवार रा ४ प ६०५१ नम्बरको मोटरसाइकल गएराति साढे १२ बजे अनियन्त्रित भई सडकदेखि करिब १५ मिटर तल खेतमा खसेको ईलाका प्रहरी कार्यालय नारायणपुरले  जनाएको छ ।


ज्यान गुमाउनेमा मोटरसाइकलकमा सवार घोराही-१० जलौराका अन्दाजी १८ वर्षीय सरोज चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो ।

दुर्घटनामा घाइते भएका  मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षीय मंगल चौधरी र मोटरसाइकलमै सवार रहेका अन्दाजी २३ वर्षीय ऋषी राज चौधरीको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइतेमध्ये ऋषी राजको अवस्था गम्भीर रहेको छ । 


Author

थप समाचार
x