घटना-दुर्घटना

साँंगाको झोलुङ्गे पुल तल युवक मृत अवस्थामा फेला

इकागज |
भदौ २९, २०८० शुक्रबार १५:५२ बजे

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडकखण्डमा शुक्रबार एक युवक मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक इन्द्रावती गाउपालिका वडा नं. ३ घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं. १३ नयाँबस्ती सागाँ बस्ने बर्ष २३ को सैलेश भारती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।


प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई घटनास्थल शव जाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत भेटिएकाे परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । 


Author

थप समाचार
x