घटना-दुर्घटना

टाउको छिनेको अवस्थामा महिलाको शव फेला

इकागज |
भदौ ३०, २०८० शनिबार १५:३५ बजे

सांकेतिक तस्विर

भक्तपुर - दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ । मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए । 

दुई महिना अगाडि हराएकी महिलाकी शवको कंकाल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो । “उक्त शव सूर्यविनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ”, उनले भने । 


मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन् । शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए । रासस


Author

थप समाचार
x