घटना-दुर्घटना

सुकुटेमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

इकागज |
भदौ ३०, २०८० शनिबार १६:१९ बजे

सिन्धुपाल्चोक - चौतारा साँगाचोकगढी नगरपालिका -९ घुमाउने डाडाँमा मोटरसाइकल दुर्घटना हुदाँ द्ई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत खाडिचौरबाट बन्देउतर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिँदा दुई जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका १ बासखर्कका समिर तामाङ र मोटरसाइकल पछाडि बस्ने मेलम्ची नगरपालिका ११ का नबिन पाण्डेको उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी संजिब कुमार यादवले जानकारी दिए । 


ठक्‍कर दिने ट्याङ्कर र चालक मकवानपुर थाहा नगरपालिका १२ का भिम बहादुर तितुङलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको बताइएको छ ।


Author

थप समाचार
x