घटना-दुर्घटना

बाजुरामा ट्रक दुर्घटना, तीनजना घाइते

इकागज |
असोज ७, २०८० आइतबार २०:११ बजे

बाजुरा- सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्नामा मिनी ट्रक दुर्घटनामा परेको हो ।

सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै दुर्घटना भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ । ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ ।


दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन् । चालकसँगै घाइते भएका सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का करिब १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्रनगर नगरपालिका–१२ का करिब २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन् । प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ ।


Author

थप समाचार
x