घटना-दुर्घटना

एक पुरुष मृत फेला

इकागज |
असोज ३०, २०८० मंगलबार १६:७ बजे

सांकेतिक तस्विर

सुर्खेत -  भेरी नगरपालिका १२ धायराका करिव ३५ वर्षीय ईन्द्रबहादुर बस्नेत मृत भेटीएका छन् । बस्नेत दुई दिन देखि बेपत्ता भएका थिए । बेपत्ता बस्नेत हराएको खबर प्रहरीलाई पुग्नसाथ खोजी कार्य व्यापक बनाइएको थियो ।

उनी सोही भेरी नगरपालिका १२ स्थित सालविसौनाको जंगलमा भिरबाट लडेर करिब १५० मिटर तल खसी मृत अबस्थामा भेटिएको स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाए लगतै प्रहरी चौकी कुदुबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वको  टोली घटनास्थलमा पुगेको  थियो । 


उक्त घटनाका विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापा नेपालीको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 


Author

थप समाचार
x