घटना-दुर्घटना

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एकको मृत्यु

इकागज |
कात्तिक १, २०८० बुधबार ९:५० बजे

काभ्रे । काभ्रेपलाञ्चोकको पनौतीमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। रामेछाप जाँदै गरेको बागमती प्रदेशको ०३–००१ ज ०२९८ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा रामेछाप मन्थली नगरपालिकाकी वर्ष २० की रमिला बुढाथोकी रहेको प्रहरीले जानकारी दिएको छ।  ७ जना घाइते छन् ।
दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिकाकी वर्ष २३ की पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ बस्ने पा. वर्ष ५१ का टंकप्रसाद दाहाल घाइते छन्। त्यस्तै 
रामेछाप मन्थली नगरपालिका–२ की ३० वर्षकी ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ बस्ने वर्ष १८ का रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ बस्ने  वर्ष ३८ का अनिल आलेमगर पनि घाइते भएका छन्।
बुधबार बिहान सो गाडीले मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । बीपी राजार्मा अन्तर्गत पनौती नगरपालिका–५ सुन्दरबस्तीमो गाडी दुर्घटना भएको हो । मोटरसाइकलमा सवार चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि दुर्घटनामा घाइते भएका छन्।
 



Author

थप समाचार
x