घटना-दुर्घटना

कैलालीमा जीप दुर्घटना हुँदा ८ जना घाइते

इकागज |
कात्तिक ३, २०८० शुक्रबार १४:३१ बजे

कैलाली- कैलालीमा जीप दुर्घटना भएकाे छ । झिग्रानादेखि सिलगढीतर्फ जाँदै गरेकाे जीप खप्तड पर्यटन कार्यालयकाे माेडनिर शुक्रबार दिउँसो १:३० बजे दुर्घटना हुँदा दुई महिलासहित ८ जना घाइते भएका छन् ।

रा १ ज ८१५ नम्बरको जीप सडकको बीचमा दुर्घटनामा परेको हो ।


दुर्घटनामा घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएको छ ।


Author

थप समाचार
x