घटना-दुर्घटना

मिनीट्रक दुर्घटना हुँदा दुईजना घाइते

इकागज |
कात्तिक १४, २०८० मंगलबार १९:२ बजे

मकवानपुर- मकवानपुरकाे बकैया गाउँपालिकामा सवारी साधन दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । हेटौंडा–धरान–चतरा सडकखण्ड अन्तर्गत बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना हुँदा उनीहरू घाइते भएका मकवानपुर प्रहरीले जनाएकाे हाे ।

हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बा.प्र.०३–००१ क ०७९२ नम्बरको पानी लोड गरेकाे मिनीट्रक आफैँ अनियन्त्रित भई सडकबाट ७ मिटर तल खसी दुर्घटना हुँदा बकैया-७ का युवराज सापकाेटा र सहचालक बकैया-६ गवरस्थानका दिनेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।


घाइते ट्रकमा सवार २६ वर्षीय सापकोटा र ट्रकका सहचालक २८ वर्षीय दिनेश लामालाई हेटाैंडा अस्पतालमा उपचारका लागि ल्याइएकाेमा लामालाई थप उपचारका लागि चितवन भरतपुरकाे पुरानाे मेडिकल कलेज रिफर गरिएकाे भण्डारीले बताए ।

अर्का घाइते युवराजको भने हेटौंडा अस्पतालमा नै उपचार भइरहेको छ । प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ लेवट बस्ने ३२ वर्षीय हर्कबहादुर ब्लोनलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


Author

थप समाचार
x