घटना-दुर्घटना

कैलालीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

इकागज |
कात्तिक १८, २०८० शनिबार १९:७ बजे

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिँह रावतको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो । उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा शनिबार बिहान रावतको मृत्यु भएको हो ।


मोटरसाइकलसहित चालक शेरसिँह रावत प्रहरीको नियन्त्रणमा छन् । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


Author

थप समाचार
x