घटना-दुर्घटना

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

इकागज |
मंसिर २५, २०८० सोमबार २१:५७ बजे

धनकुटा- पाख्रिबास नगरपालिका-५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

छथर जोरपाटी गाउँपालिकास्थित सिधुवावाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राति करिब ८ बजे पञ्चेभीरमा दुर्घटना हुँदा ट्याक्टर चालक तेह्रथुमको छथर गाउँपालिका–१ का २८ वर्षीय दुर्गाबहादुर विकको उपचारका लागि अस्पताल लगिएको थियो ।  


दुर्घटनामा गम्भीर घाइते भएका चालक विक र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ का १९ वर्षीय निर्मल कटुवाललाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालमा चालक विकलाई डाक्टरले मृत घोषित गरेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए ।

गम्भीर घाइते सहचालक कटुवालको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।


Author

थप समाचार
x