घटना-दुर्घटना

मकवानपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

इकागज |
मंसिर २७, २०८० बुधबार १८:३४ बजे

फाइल फोटो

मकवानपुर - मकवानपुरमा ट्रकको ठक्‍करबाट एक जना बालकको मृत्यु भएको छ। 

बुधबार बिहान अन्दाजी १० बजे मनहरी गाउँपालिका - ७ रमनाटारस्थित पूर्वपश्चिम सडकखण्डमा दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको हो। 


चितवनबाट हेटौंडा जाँदै गरेको ना ५ ख ३७८३ नम्बरको ट्रकले पैदल हिँडिरहेका अन्दाजी ६ वर्षीय उमेश प्रजालाई ठक्कर दिएको थियो। 

राष्ट्रिय आधारभूत विद्यालय रमनटारमा कक्षा १ मा पढ्ने प्रजा ट्रकको ठक्करपछि गम्भीर घाइते भएका थिए। 

उनको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको थियो। त्यहाँ उपचारको क्रममा मध्यान्ह पौने १२ बजे मृत घोषणा गरिएको थियो। 

प्रहरीले उक्त ट्रक चालकलाई पनि नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 


Author

थप समाचार
x