घटना-दुर्घटना

पाँचखालमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अरनिको राजमार्ग अवरूद्ध

इकागज |
मंसिर २८, २०८० बिहीबार ९:५३ बजे

काठमाडौं - काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेकै रूपक खत्री रहेका छन् ।

मोटरसाइकललाई ठक्कर दिने सवारीसाधन पहिचान भइसकेको छैन । प्रहरीले ज्यान गुमाएकाको साथमा रहेको ब्लुवुकबाट मृतकको पहिचान गरिएको जानकारी दिएको छ । 


उक्त घटना भएपश्चात् स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । हालसम्म मृतकको शव उठ्न सकेको छैन । 
 


Author

थप समाचार
x