घटना-दुर्घटना

मूलपानीमा एम्बुलेन्सले सुमाेलाई ठक्कर दियाे

इकागज |
माघ २७, २०८० शनिबार १८:३३ बजे

तस्बिरहरू : शुरज थपलिया/इकागज

काठमाडौँ- काठमाडौँकाे मूलपानीमा एम्बुलेन्सले सुमाेलाई ठक्कर दिएको  छ । गए राति क्रिकेट स्टेडियममुनि प्रदेश १ ०२-००२ च ४४५७ काे एम्बुलेन्सले बा १८ च ८००१७ काे सुमाेलाई पछाडिबाट ठक्कर दिएको सुमाे चालक राजु श्रेष्ठले जानकारी दिए ।​ 


स्थानीयका अनुसार एम्बुलेन्स चालक मदिरामा लठ्ठ थिए । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको चालक श्रेष्ठले बताए ।

मूलपानीमा सुमाे र एम्बुलेन्स दुर्घटना भएको विषयमा अहिलेसम्म कुनै जानकारी नआएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सन्ताेष आचार्यले जानकारी दिए ।


Author

थप समाचार
x