घटना-दुर्घटना

माेटरसाइकललाई साइड दिँदा ट्याक्टर बाँधमा खस्याे, दुई जनाको मृत्यु, सात जना घाइते

इकागज |
फागुन ९, २०८० बुधबार १७:४० बजे

फाइल फोटो

राैतहट -  गढीमाई नगरपालिका  मलाहीबाट आलु खन्न सर्लाहीको हजरिया जाँदै गरेको ट्याक्टर पल्टिएर दुई जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले दिएको जानकारी अनुसार ट्याक्टर दुर्घटनामा  ट्रयाक्टर चालक रौतहट गढिमाई–९ का ५५ वर्षीय जयलाल सहनी र  ५० वर्षीय रामनाथ सहनी मृत्यु‍ भएको हाे । उनीहरुलाई उपचारका लागि सिटी अस्पताल गरुडा लैजाँदा  चिकित्सकले परीक्षणपछि मृत घाेषणा गरेका हुन् । 

मृतकको शव परीक्षण लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको गढीमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिश्चन्द्र सहनीले बताए ।


बुधबार बिहान ११ बजे  सर्लाही बरहथवा न.पा. १५ नहर स्थित समनपुरबाट हजरिया तर्फ आउँदै गरेको नम्बर नखुलेकाे उक्त ट्याक्टर हुँदा गम्भीर घाइते भएका १७ वर्षीय आकाश सहनी र ७ वर्षीय किसन सहनीलाई प्राथमिक उपचारपश्चात थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको नायव उपरीक्षक खनालले बताए ।

उक्त ट्याक्टरमा १७ जना सवार रहेका थिए । जसमध्ये दुई जनाको मृत्यु र ७  जना घाइते भएका छन् । घाइतेमध्ये एकजना  उपचारपछि घर फर्किएका छन् । बाँकीकाे उपचार प्रादेशिक अस्पताल गाैरमा उपचार भइरहेको ईलाका प्रहरी नायव उपरीक्षक खनालले बताए । बाँधमा विपरीत दिशा तर्फबाट आइरहेका मोटरसाइकललाई  साइड दिने क्रममा  ट्याक्टर बाँधबाट तल खसेकाे थियाे । 


Author

थप समाचार
x