पूर्वाधार

मोटरसाइकलको पछाडि बस्‍नेले पनि हेल्मेट लगाउनुपर्ने नियम बनाउन लबिङ

इकागज |
असोज ८, २०७८ शुक्रबार २१:३२ बजे

काठमाडौँ – नेपालमा पहिलो पटक सुरक्षित हेल्मेट अभियान सुरु भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच विश्व बैंकका उपाध्यक्ष हर्टवीग स्काफेर, पुर्वमन्त्रि तथा सांसद योगेश भट्टराई, प्रतिनिधि सभा विकास तथा प्रविधि समिति सदस्य रंगमती शाही र इन्दु शर्मा, बागमती प्रदेश सभा सांसद भावना सुवेदी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, वल्र्ड बैंक नेपालका प्रतिनिधि फारिस हदाद जेरोभोसले संयुक्त रूपमा हेल्मेट सार्वजनिक गरे ।

इन्टरनेसनल फेडेरेसन अफ अटोमोवाइल (एफआईए) को सहयोग र वल्र्ड बैंकसँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सुरक्षित हेल्मेट अभियान  सञ्चालन गर्र्ने भएकोछ । यस अभियानअन्तर्गत नेपालभरि विभिन्न जनचेतनामुलक कार्यक्रम आयोजना गरी ३ सय बढी अन्तर्राष्ट्रिय स्तरको हेल्मेट वितरण गरिने बताइएको छ । कार्यक्रममा विश्व बैंकका तर्फबाट हर्टवीग स्काफेरले सडक दुर्घटनाले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र त्यसका रोकथामका लागि चालिनुपर्ने आवश्यक कदमबारे अवगत गराए । 


अभियानले नेपालमा बढ्दो दुई पांग्रे सवारी दुर्घटनालाई कम गराउन र दुर्घटनापछि हुने क्षतिलाई न्युनीकरण गर्न, सुरक्षित हेल्मेट प्रयोग गर्न सवारीचालकलाई सचेतना दिनेछ । साथै अभियानले हेल्मेटको राष्ट्रिय मापदण्डको कार्यान्वयनमा जोड दिँदै मोटरसाइकल चालक तथा पछाडि बस्ने यात्रुलेसमेत अनिवार्य रुपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्था गर्न सरकारसमक्ष माग गर्ने जनाएको छ । 
 


Author

थप समाचार
x