पूर्वाधार

फुलबारी बसपार्क सञ्‍चालनमा

इकागज |
कात्तिक २१, २०७८ आइतबार १६:५१ बजे

कैलाली - धनगढी उपमहानगरपालिका-१९स्‍थित बसपार्क आजदेखि सन्चालनमा आएको छ । सघन शहरी बिकास कार्यक्रमअन्तर्गत २०७४ असार ३० सम्झौता गरी २०७८ भाद्रमा निर्माण कम्पनीले धनगढी उपमहानगरपालिकालाई उक्त बसपार्क हस्तान्तरण गरेको उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए । गत भाद्रमा निर्माण सम्पन्न भए पनि स्थानीयको अवरोधका कारण उक्त बसपार्क संचालनमा आउन केही समय लागेको हो ।

२ करोड ७५ लाख १५ हजारमा देव एण्ड सायर मसिना जेबी महेन्द्रनगरले उक्त बसपार्क निर्माण गरेको इन्जिनियर भट्टले बताए । धनगढी उपमहानगरपालिकाले उपलब्ध गराएको १७ कट्ठा जग्गामा उक्त बसपार्क निर्माण भएको उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।


उनले हाल ५० ओटा बस अटाउने क्षमता रहेको बताउदै, टर्मिनल भवन, पार्किङ एरिया, खानेपानी, घण्टाघर लगायतका संरचना निर्माण भएको बताए । बसपार्कको मेयर वडले उदघाटन गरेका हुन् ।

बसपार्कबाट सुदुरपश्चिमका पहाडी जिल्लालगायत काठमाडौ, पोखरा, बिराटनगरसम्म बस सन्चालन हुने बताइको छ ।


Author

थप समाचार
x