अनियमितता

सडक स्तरोन्नति गर्दा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर

इकागज |
साउन २३, २०७९ सोमबार १४:५५ बजे

फाइल फोटो

काठमाडौँ-  रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद राय, इन्जिनियर राम किशोर साह, सव-इन्जिनियर प्रेमचन्द्र झा, लेखा अधिकृत महम्मद दाउद,  उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोले सडक स्तरोन्नति गर्दा भ्रष्टाचारका गरेको भन्दै विशेष अदालतले मुद्दा दायर गरेको छ। अदालतले सर्लाही, रामनगर गाउँपालिका-६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्ने गर्दा भष्टाचार गरेको भन्दै अदालतले ५ जना विरुद्ध मुद्दा दायर गरेको हो।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भइ उपभोक्ता समितिलाई जिम्मा दिएकोमा निजहरुले इस्टिमेट अनुसार सडक नबनाइ सम्पूर्ण रकम निकासा गरी हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त सडक निर्माणमा गैरकानूनी लाभ वा हानी पुऱ्याउने बदनियतले कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको छ।


 निजहरुलाई बिगो १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ ६० पैसा कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियत पूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने, पेस गर्ने, स्वीकृतिको लागि सिफारिस गर्ने र स्वीकृत गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर भएकोले निजहरुलाई ऐ.ऐ. दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा थप कैद र जरिवाना हुन समेत मागदाबी लिइएको छ ।


Author

थप समाचार
x