अनियमितता

२० हजार रुपैयाँ घुससहित इन्जिनियर पक्राउ

इकागज |
चैत २७, २०७९ सोमबार १९:२० बजे

काठमाडौँ- ​सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहतालाई पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले मेहतालाई मोरङको विराटनगर महानगरपालिकास्थित पुलचोकबाट सोमबार पक्राउ गरेकाे हो ।


अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार इन्जिनियर मेहताले सेवाग्राहीबाट घरको नापनक्सा पास गरिदिने भन्दै घुस लिएका थिए ।


Author

थप समाचार
x