अनियमितता

सांसद रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी

इकागज |
माघ ३, २०८० बुधबार १६:२९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सहकारीमा ठगी भएको भन्दै ग्यालेक्सी टेलिभिजका पूर्वमहाप्रबन्धक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेविरुद्ध उजुरी परेको छ । त्यसैगरी, ग्यालेक्सी टेलिभिजनको सञ्चालक संस्था गोरखा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्र राई (जीबी) विरुद्ध नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी हालेका हुन् । 

सहकारी विभागमा उनीहरूविरुद्ध सफलले २ माघमा उजुरी दिएका हुन् । उनले विभिन्न सञ्चार माध्यममा आएका समाचारलाई आधार मानेर लामिछाने र र राई सहकारी ठगीमा मुछिएको उल्लेख गरेका छन् ।


विभिन्न सहकारीको रकम गैरकानुनी ढंगबाट टेलिभिजनमा लगानी गरी हिनामिना गरेको भन्दै उनीहरूमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै उनले उजुरी दिएको पत्रमा उल्लेख छ । 


Author

थप समाचार
x