साहित्य

बेकारीको प्रमाणपत्र (कविता)

युवराज घलेभाइ |
भदौ ९, २०८० शनिबार १२:२४ बजे

हिजोआज 'म' बिहानै 

चियासँग समाचार पत्र 


पिउने गरेको छु 

देश-विदेशको खबरलाई पर-पन्छाएर

" वान्टेड "- " वान्टेड " र "एपोइन्टमेन्ट ग्याजेटका

पृष्ठहरुमा स्वयंलाई झुण्डयाएर 

जिउने "टनिक" पनि पिएको छु

यी सब त "रोजगार कार्यालय"- ले पनि 

"बेरोजगार कार्यालय"- को

साइनबोर्ड टाँगिदिए हुन्छ 

एउटा कलिङ्गको लागि पनि 

पाँच सयक‍ो नोट गनिदिए हुन्छ

यहाँ के-के यस्तै-यस्तै हुन्छ 

बेकारीको आँखालाई ढाक्न

"जवाहर रोजगार योजना" - हुन्छ 

अनि त-

"आरक्षण नीति" दश वर्ष अझ टाँगिएर

थुप्रै-थुप्रै "डिप्लोमा" र "मार्कसिटहरुको"

उपहास हुँदै - "डिग्रीको प्रमाणपत्र" - होइन 

फगत बेकारीको प्रमाणपत्र बन्छ ।।


Author

थप समाचार
x