प्रदेश / स्थानीय सरकार

बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

इकागज |
कात्तिक १०, २०७८ बुधबार १४:२० बजे

काठमाडौँ - बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे बन्ने सम्भावना देखिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा दिने भएसँगैं मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी दल बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका पाण्डेको सम्भावना बलियो देखिएको हो । 

आज मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया थालिने बागमती प्रदेश कांग्रेस संसदीय दलका सचिव निमा लामाले जानकारी दिए । केन्द्रकै सहमतिअनुसार बागमतीले मुख्यमन्त्री पाउने पनि लामाले बताए ।


बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् ।  केन्द्रमा भएको पाँच दलको गठबन्धनले पनि बागमती प्रदेशको मुख्यमन्त्रीमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दिने सहमति गरेको थियो । 


Author

थप समाचार
x