संगीत

ओसिस थापाको ‘भिखारी’ म्युजिक ट्रेन्डिङको एक नम्बरमा

इकागज |
असार ७, २०८० बिहीबार १३:३२ बजे

काठमाडौँ -  गायक ओसिस थापाको नयाँ गीत ‘भिखारी’ युट्युबको म्युजिक विधातर्फ नेपालमा ट्रेन्डिङको एक नम्बरमा आएको छ । १२ दिनअघि सार्वजनिक भएको गीत १३ लाख हाराहारी भ्युजसँगै ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो ।  प्रेमकथा श्रेणीको गीतलाई ओसिस थापा आफैँले रचना गरेका हुन् । गीतमा स्वर पनि उनकै रहेको छ । 

थापा ‘जुनीभरिलाई’ गीतसँगै गायनमा प्रवेश गरेका थिए । ख्याल ख्यालमा सार्वजनिक गरेको यो गीत टिकटकमा हिट भएको थियो भने गीतले युट्युबमा १ करोड बढी भ्युज पाएको छ । यसबाहेक उनले सिर्जना गरेका ‘अपरिचित भावनामा’ले पनि करोड दर्शक पाएको छ । 


‘भिखारी’को भिडियोमा मध्यमवर्गीय युवायुवतीको मौन प्रेमलाई प्रस्तुत गरिएको छ । गीतमा आकाश नेपाली र सरिता कठायतको अभिनय रहेको छ । गीतलाई रिसब श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । निर्देशन भने स्वर्णिमा श्रेष्ठले गरेकी हुन् । गीतको क्रिएटिभ डिरेक्टर गौरव तामाङ हुन् भने प्रोजेक्ट मेनेजर अंकुरसिंह थापा हुन् ।

 


Author

थप समाचार
x