संगीत

राजन श्रेष्ठको ‘दिल माया’ सार्वजनिक

इकागज |
मंसिर १३, २०८० बुधबार १५:५७ बजे

काठमाडौं -  नेपाली सांगीतिक बजारमा धेरै समयपछि पूर्वेली गीत ‘दिल माया’ सार्वजनिक गरिएको छ । 

उक्त गीतको भिडियोमा सरोज राणा प्रजाको दिलमा माया बनेर बस्न सफल बनेकी छन्, मोडल बिना राउत । उक्त गीतमा  राजन श्रेष्ठ र पवित्रा गुरुङको स्वर रहेको छ । 


राजन श्रेष्ठकै शब्द सृजना र संगीत रहेको दिल मायाको भिडियो निर्देशन तथा नृत्य निर्देशन रोशन विश्वकर्माले गरेका छन् भने दिनेश पराजुलीले छायांकन गरेका छन् । 

रोशन बालुवाको संगीत संयोजन र मिक्सिङ मास्टरिङमा बनेको यस गीतले दर्शक र स्रोताको मन जितिरहेको दाबी गरिएको छ । 

 


Author

थप समाचार
x